मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘नेप्टे’ गीत : वुद्दिको घरमा बुहारीको खाँचो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
 
देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्म ‘नेप्टे’को गीत सार्वजनिक भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सोमवार राजधानीमा एक कार्यक्रमका बीच लोक लयको ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरियो । 
 
गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द सृजना रहेको छ । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरु प्रस्तुत छन् । किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् । 
 
कलाकार रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’ का लिड नायक दयाहाङ राई हुन् । हरी घले लामाको छायांकन रहेको यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याइँदैछ । 
 
भिडियो :-