मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मंगलम’को गीतमा शिल्पाको पछि-पछि पृथ्वी

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
 
फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मंगलम’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बम्पर उपहार’ बोलको गीतमा प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द छ । 
 
नायक पृथ्वीराज प्रसाइँ र नायिका शिल्पो पोखरेल फिचरिङ गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । शिल्पा र पृथ्वी यसअघि फिल्म ‘किस्मत २’ मा एकसाथ देखिएका थिए । 
 
‘पर्ख पर्ख मायालु’लाई झैँ यो गीतलाई पनि दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । 
 
फिल्ममा शिल्पा र पृथ्वीका अलावा मिथिला शर्मा, नीर शाह, पुष्प खड्का लगायतका कलाकारहरुको अभिनय छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘मंगलम’मा केमियो भूमिकामा छिन् । 
 
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ ।
 
भिडियो :-