मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकको जन्मदिनमा ‘कोहलपुर एक्सप्रेस २’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
पहिलो भाग प्रदर्शनमा नआउँदै मिडियामा चर्चाका लागि सिक्वेल घोषणा गर्ने विगविगी नेपाली फिल्म क्षेत्रमा खुब मौलाएको छ । बक्स अफिसमा राम्रो पैसा छापेका केही फिल्मको सिक्वेल निर्माण भएपनि कति त गफमा मात्रै सिमित भएका छन् । यस्तै, फिल्म ‘कोहलपुर एक्सप्रेस’को पनि रिलिज अगावै सिक्वेल घोषणा गरिएको छ । 
 
आइतवार निर्देशक विशाल भण्डारीको जन्मदिनको केक काट्ने क्रममा नायिका तथा निर्मात्री केकी अधिकारीले ‘कोहलपुर एक्सप्रेस २’ घोषणा गरिन् । निर्देशक भण्डारीलाई जन्मदिनको उपहारस्वरुप केकी र अर्का निर्माता भद्र बहादुर शाहीले फिल्मको सिक्वेल घोषणा गरेका हुन् । 
 
 
फोटो : आकाश खड्का
 
केकीले भनिन्, ‘के कस्तो हुन्छ भविष्यमा त्यो त आफ्नो ठाउँमा छ । सकारात्मक रुपमा सुरु गरौँ भन्ने हिसाबले निर्देशक भण्डारीलाई ‘कोहलपुर एक्सप्रेस’को सफलता पश्चात सिक्वेल निर्देशन गर्ने जिम्मेवारी सुम्पिएका छौं ।’ उनका अनुसार, सिक्वेल बन्नका लागि नै फिल्मको कथा सोही अनुसार टुंग्याइएको छ । 
 
निर्देशक विशालले आफ्नो लागि यो 'सरप्राइज' रहेको बताए । उनले भने, ‘कोहलपुर एक्सप्रेस’ यस्तो सक्सेस होस् कि केकी र भद्र दाईलाई सिक्वेल बनाउने साहास आयोस् ।’ यसै फिल्मबाट म्यूजिक भिडियोका हिट निर्देशक भण्डारीले निर्देशनमा डेब्यू गरेका हुन् ।
 
बैशाख १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।