मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ गीत रिलिज, कस्तो देखियो प्रदीप र जसिताको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
 
वर्ष २०७५ बैशाख १४ गतेलाई प्रदर्शन मिति लक गरिएको युवा स्टार प्रदीप खड्का अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण यूनिटले फिल्ममा समावेश ‘इज इट लभ ?’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो  । 
 
माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नायक प्रदीप र नव-नायिका जसिता गुरुङ प्रस्तुत छन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको केमेष्ट्री गजबको देख्न सकिन्छ । 
 
यो गीतमा प्रताप दास र मेलिना राईले आवाज दिएका छन् । एलिस कार्कीले संगीत भरेको गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन् । फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरु पनि अभिनय छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा फिल्मको छायांकन गरिएको हो । 
 
भिडियो :-

 

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको यो फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सार्वजनिक गीतको भिडियोमा भने फिल्मको प्रदर्शन मिति उल्लेख गरिएको छैन ।