मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दार्जिलिङमा पलका युवती फ्यान : ‘रुने’ देखि ‘चिच्याउने’ सम्म !

फिल्मीखबर, काठमाण्डौ, 2018/01/14
 
नायक पल शाहलाई म्यूजिक भिडियोका महानायक भनिन्छ । हजारभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल नेपाली फिल्मका पनि लोकप्रिय अनुहार हुन् । 'नाइँ नभन्नु ल ४' बाट नेपाली रजतपटमा भित्रिएका उनले 'म यस्तो गीत गाउँछु' र 'जोनी जेन्टलम्यान'मा अभिनय गरिसकेका छन् । चैत ९ गते उनी अभिनीत चौथो फिल्म 'शत्रु गते' प्रदर्शनमा आउँदैछ । 
 
एक समय म्यूजिक भिडियोमा एकछत्र राज गरेका पलको क्रेज युवा पुस्तामाझ गजब छ । उनलाई जुनसुकै वर्गका दर्शकले पनि उतिक्कै मन पराउँछन् । अझ युवतीहरु त उनका डाईहार्ट फ्यान छन् । फिल्ममा भित्रिएको यति छोटो समयमा पलले जुन सफलता हात पारे त्यो नेपालका कमै चकलेटी नायकले महशुस गर्न पाएका छन् । 
 
 
नेपालमा त उनको फ्यान क्रेज कस्तो छ त्यो सबैलाई थाहा छ । उनलाई देखेपछि ‘रुने’ देखि ‘चिच्याउने’ सम्म फ्यानको संख्या नेपालमा मात्र होइन नेपालीहरुको बाक्लो बसोबास रहेको दार्जिलिङमा पनि उतिक्कै रहेछ । शनिवार दार्जिलिङको प्रहरीले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका पललाई त्यहाँका नेपालीले ठूलो सम्मान दिएका छन् । 
 
उनलाई हेर्नका लागि हजारौं नेपाली सडकमा उत्रिएका थिए । कार्यक्रममा पुगेका सयौं युवतीहरु त पललाई देखेपछि ‘रुन’ र ‘चिच्याउन’ थालेका थिए । पललाई फ्यानको भीडबाट छुटाउन ५० बढी भारतीय प्रहरीको समेत पसिना छुटेको थियो । पलसँगै दार्जिलिङ पुगेकी नायिका आँचल शर्माको फ्यान पनि उल्लेख्य थिए ।  
 
 
दर्शकको भीड थाम्न मुश्किल भएपछि डीएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रहरी प्रमुख दोर्जे शेर्पा र सब-इन्स्पेक्टर मिलन गुरुङसहित ५० बढी पुलिसले सुरक्षा दिँदै पल र आँचललाई होटेलसम्म पुर्‍याएका थिए । होटलमा समेत सयौं दर्शकले पललाई हेर्ने भन्दै नारा लगाउन थालेपछि प्रहरीको पनि केही सिप चलेन । अन्ततः पल र आँचल, प्रहरी सुरक्षा भित्र रहेर केहीबेर दर्शकसँग सेल्फीमा समेत रमाए । दार्जिलिङमा पलका युवती फ्यान बढी थिए । 
 
दार्जिलिङ पुलिसका अनुसार, पहिलो पटक नेपाली कलाकारलाई यो अनुसारको सुरक्षा दिइएको हो । पलले दार्जिलिङबासी नेपालीबाट पाएको मायाबाट खुसी भएको बताए । उनले भने, ‘मेरो खुट्टा भाँचियोस् तर दर्शकको माया मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’ पल र आँचलसँगै निर्माता अजय मल्ल ठकुरी र म्युजिक भिडियो निर्देशक विकास सुवेदी पनि दार्जिलिङको कार्यक्रममा उपस्थित थिए ।