मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

बन्ने भयो ‘पण्डित बाजेको लौरी’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/14
 
एउटा सानो गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा नेपाली फिल्म ‘पण्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो । अधृत फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण हुने फिल्मलाई दीपक ओलीले निर्देशन गर्दैछन् । 
 
भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ ।
 
माघ २० गतेबाट छायांकन सुरु हुने फिल्मलाई वर्ष २०७५ को भाद्र महिनामा प्रदर्शनमा ल्याउने निर्माण यूनिटको तयारी छ । थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयूक्त रुपमा फिल्म निर्माण गर्न लागेका हुन् । समाजका गहकिला समस्या र घट्नालाई फिल्ममा समेटिने निर्देशकले जानकारी दिए ।
 
महेश दवाडीको कथा, पटकथा र संवाद रहने फिल्ममा बिदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ । फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले संगीत भर्नेछन् ।