मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कस्तो चल्यो आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/14
 
दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्म ‘बटरफ्लाई’ले सुखद ओपनिङ गरेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको यो वियोगान्त प्रेम बोल्ने फिल्ममा आर्यन अधिकारी र प्रियंका कार्कीसँगै अर्का अभिनेता अर्पण थापाको कामलाई दर्शकले उत्कृष्ट भनेका छन् । 
 
शुक्रवार फिल्म हेर्ने दर्शकको भीड ठेलमठेल नभएपनि शनिवार सुखद रहेको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । फिल्मको दुई दिनको कलेक्सन रिपोर्ट बाहिर आएको छैन । निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ । 
 
‘शनिवार अधिकांश मल्टिप्लेक्स र सिंगल हल हाउसफूल थिए । जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ । वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’ निर्देशक गुरुङले भने । पहिलो पटक एकसाथ काम गरेका आर्यन र प्रियंकाको जोडीलाई दर्शकले मनपराएका छन् । 
 
एकतर्फी प्रेम गरेको एक युवकले युवतीलाई आफ्नो प्रेम बुझाउन गरेको संघर्षको कथा फिल्मले बोल्छ । पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । 
 
रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।