Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विल्सन र सुष्मालाई लिएर ‘साली कस्को भेनाको’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/01/14
 
फिल्म ‘साली कस्को भेनाको’ निर्माण हुने भएको छ । निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने फिल्मलाई भद्र भुजेलले निर्देशन गर्नेछन् । प्रसाद श्रेष्ठले यसअघि 'कर्जा', 'कान्छी', 'सन्तान' जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । 
 
माघ २ गतेबाट फिल्मको छायांकन सुरु हुने निर्देशक भुजेलले जानकारी दिए । फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, दीपा सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
मानविय समबेदनामाथि निर्माण गरिन लागिएको यो फिल्म कमेडी तथा पारिवारिक बताइएको छ । फिल्ममा मगर समुदायको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई देखाउन खोजिएको छ । ‘साली कस्को भेनाको’को छायांकन चितवन र धम्पुसमा हुनेछ । पुष्प आचार्यको कथा रहेको यस फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहनेछ ।
 
दिर्घ गुरुङको छायांकन रहने फिल्ममा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य निर्देशन रहनेछ । ‘साली कस्को भेनाको’लाई सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन् । 
Most Visited News (monthly)