Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पिंजडा व्याक अगेन’को रिलिज मिति फेरबदल

फिल्मीखबर, काठमाण्डौ, 2018/01/13
 
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘पिंजडा व्याक अगेन’को रिलिज मिति फेरबदल भएको छ । अब माघ ४ गते यो फिल्म राजधानी बाहिरका हलमा मात्र प्रदर्शन हुनेछ भने माघ ५ गतेबाट राजधानी भित्र प्रदर्शनमा आउने निर्देशक हिमाल केसीले जानकारी दिए । 
 
माघ ४ गते बिहीवार परेको सोनाम ल्होसारको विदाको अवसर पारेर निर्माण टिमले फिल्म रिलिजको घोषणा गरेको थियो । तर, चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा अवसर दिने निर्णयसहित अघि ल्याएको मुद्धालाई आत्मसाथ गर्दै ‘पिंजडा व्याक अगेन’ राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुने भएको हो । 
 
निर्देशक केसीले वितरण कम्पनिहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमती भएको बताए । फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । 
 
यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिलका अलावा सारा सिपार्ली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।
 
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । 
Most Visited News (monthly)