Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जिरो’मा फेरि काजोल र शाहरुखको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/01/13
 
काजोल र शाहरुख खानको जोडी बलिउडको सदाबहार र हिट जोडी मध्ये एक मानिन्छ । दर्शक आजपनि यो जोडीलाई एकसाथ देख्न चाहन्छन् । हालैमा खबर बाहिर आएको छ कि आनन्द एल रायको फिल्म ‘जिरो’मा फेरि एकपटक शाहरुख र काजोललाई दर्शकले देख्न पाउने भएका छन् । 
 
फिल्ममा काजोलले केमियो भूमिका निर्वाहा गरेकी छिन् । काजोल र शाहरुखले पछिल्लो पटक फिल्म ‘दिलवाले’मा एकसाथ देखिएका थिए । 
 
काजोलले ‘जिरो’मा निर्वाहा गरेको भूमिकाको विषयमा बताउँदै भनिन्, ‘शाहरुखसँग काम गर्न मलाई निकै मज्जा आउँछ । उनी एक राम्रो कलाकार हुन् । आफ्नो काममा उनी ३ सय प्रतिशतभन्दा पनि बढी इनभल्भ हुन्छन् । शाहरुखको डेडिकेशन सबैभन्दा राम्रो लाग्छ ।’ 
 
उनले शाहरुखसँग काम गर्दा आफ्नो अभिनय नेचुरल हुने पनि बताउँछिन् । काजोलले फिल्ममा आफ्नो केमियो स्पेशल रहेको बताइन् । उनी भन्छिन्, ‘हुनत, शाहरुखसँग हरेक काम मेरो लागि खास हुने गर्छ ।’   
Most Visited News (monthly)