मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिक इन्द्र लामाको उपचारार्थ आर्थिक सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2018/01/13
 
लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित बरिष्ठ प्राविधिक इन्द्र लामाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । शुक्रबार नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा संकलित १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइयो । 
 
अभिनेता राजेश हमालले एक समारोहमा लामालाई अर्थ सहयोग हस्तान्तरण गरे । राजधानीको बनस्थलीमा सम्पन्न एक सांस्कृतिक कार्यक्रममा समेत विभिन्न कलेज र व्यक्तिले ७६ हजार पाँच सय नगद संकलन गरेका थिए । 
 
नेफ्टाबाट संकलित ४७ हजार ५ सय र सहयोगी हातबाट प्राप्त ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हमालसहित संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले संयूक्त रुपमा पीडित लामालाई हस्तान्तरण गरे । 
 
लामाको स्वास्थ्य लाभको कामना गर्दै हमालले आफू सदैव प्राविधिकको हकहितमा जुट्ने बताए ।  ३५ वर्ष लामो फिल्म करियरमा प्राविधिक लामाले ३ सयभन्दा बढी फिल्ममा मेकअप म्यानको रुपमा काम गरेका छन् ।