मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रंगमञ्चका कलाकारले ‘नालापानी’ खेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/01/12
 
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण हुँदैछ । 
 
प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो । हाल यस फिल्मको लागि कलाकारहरुको अडिशन भईरहेको छ । 
 
अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरुको अडिशन लिईएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरु र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरुको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरुको समेत अभिनयका लागि अडिशन भएको थियो । 
 
निर्देशक रिमेश अधिकारीले ‘नालापानी’मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् । फिल्मको चाँडै वर्कशप सुरु हुँदैछ । नेपालको इतिहासले नै एउटा गर्व गर्न लायकको वीरताको गौरवपूर्ण तथ्य समेटेर  ‘नालापानी’ निर्माण हुने निर्माता मनोज शाक्यले बताए । 
 
 
झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 
फिल्मका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् । फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।