मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ : प्रदीपको टर्निङ प्वाइन्ट

फिल्मीखबर, काठमाण्डौ, 2018/01/12
नायक प्रदीप खड्का युवा पुस्तामाझ लोकप्रिय अनुहार हुन् । चकलेटी अनुहार, भुतुक्कै पार्ने मुस्कान र दमदार अभिनयले प्रदीपको फ्यान क्रेज दिन प्रतिदिन बढ्दो छ । ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ ले उनलाई जुन हाइपमा पुर्‍यायो सायद अब उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु पर्ने दिन आउने छैन । 
 
नेपालमा यदी कुनै स्टारको नामले फिल्म चल्छ भने त्यो अनमोल केसीपछि प्रदीप नै हुन् । ‘प्रेमगीत २’ हेर्न हलमा लागेको भीडले पनि यो कुरालाई प्रमाणित गरिसकेको छ । 
 
केटी फ्यान अत्याधिक कमाएका उनको नयाँ फिल्म ‘लिलिबिली’ चाँडै प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई प्रदीपको करिअरकै 'टर्निङ प्वाइन्ट'का रुपमा हेरिएको छ । ‘प्रेमगीत २’ उनको क्रेजका कारणले भन्दा पनि ‘प्रेमगीत’ आफैंमा ब्रान्ड नाम भएका कारण हिट भएको भन्ने धेरै छन् । यसकारण पनि प्रदीपलाई यो नामबाट बाहिर आउन आवश्यक थियो । 
 
 
‘सिक्वेलबाट हिट भएका नायक हुन्’ भन्ने जुन छाप उनीमाथी लागेको छ त्यो ‘लिलिबिली’बाट उनले मेटाउनै पर्छ । यसका लागि यो फिल्मले बक्स अफिसमा मनग्य पैसा कमाउन जरुरी छ । अबको केही दिनमा फिल्मको पहिलो गीत सार्वजनिक हुँदैछ । गीतले पनि फिल्म कस्तो बनेको होला भन्ने धेरथोर कौतुहलता पक्कै मेटाउनेछ । 
 
‘लिलिबिली’ चल्ने मुल आधार भनेकै प्रदीप हुन् । यो फिल्मका लागि निर्माताले २२ लाख पारिश्रमिक दिनु भनेको त्यो उनको लोभलाग्दो क्रेजलाई हेरेर नै दिएका हुन् । यसकारण उनीमाथी ‘लिलिबिली’ चल्नु नै पर्ने दबाब छ । 
 
नायक खड्का स्वयं यो फिल्मबाट आफ्नो करिअरलाई प्रशस्तै पौष्टिक तत्व उपलब्ध हुनेमा विश्वस्त छन् । यसैले त ‘लिलिबिली’ रिलिज अगाडिसम्म उनी अन्य कुनै पनि फिल्मको काममा व्यस्त नहुने मनसायमा छन् । तर, यो फिल्मको छायांकन अगावै निर्माता सुवास गिरीको फिल्म ‘भैरवी’ मा प्रदीप अनुवन्धित भइसकेका छन् । उनको अपोजिटमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह हुने चर्चा छ । यो फिल्मको छायांकन डेट अझै कन्फर्म भएको छैन 
 
बैशाख १४ गते प्रदर्शनमा आउन लागेको‘लिलिबिली’मा प्रदीपले नायिका प्रियंका कार्की र नव-नायिका जसिता गुरुङसँग रोमान्स गरेका छन् । केही दिन अगाडि मात्र फिल्मको छायांकन सकिएको छ । बिग बजेटको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।