मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सलमानले भने, ‘म नेपाल आउँदैछु’ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/12
 
आउँदो फागुन २६ गते बलिउड सुपरस्टार सलमान खान नेपाल आउँदैछन् ।  ‘दबंग द टुर’ अन्तर्गत उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । हालैमा आफू अभिनीत बल्कबस्टर फिल्म ‘टाइगर जिन्दा हे’को सफलताको खुसी साट्ने क्रममा ‘बलिउड भास्कर’सँग कुराकानी गर्दै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । 
 
आयोजक संस्थाले पटक-पटक सलमान नेपाल आउने जानकारी दिएपनि उनले भने अहिलेसम्म यस विषयमा मुख खोलेका थिएनन् । अब नेपालमा रहेका उनका असंख्य फ्यानलाई यो खबरले थप खुसी बनाएको छ । सलमानले कुराकानीको क्रममा नेपालपछि अमेरिका र क्यानडामा कन्सर्ट हुने पनि जानकारी दिए । 
 
हालसालै यो टुरमा बलिउड अभिनेत्री कैटरीना कैफ पनि जोडिएकी छिन् । उनी नेपाल आउने वा नआउने भन्ने विषयमा भने अझै टंगो लागेको छैन । ‘टाइगर जिन्दा हे’को सफलतापछि कैटरीना ‘दबंग द टुर’मा भित्रिएकी हुन् । 
 
सलमानसँगै फागुन २६ गते शनिवार टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । 
 
सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातको समयमा उनी सन् १९९४ मा नेपाल आएका थिए । 
 
भिडियो :-