मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगाडि नै ‘पद्मावती’लाई १०२ करोड घाटा

एजेन्सी, मुम्बई, 2018/01/12
 
‘पद्मावती’, जुन अब फिल्म ‘पद्मावत’ नामबाट रिलिज हुँदैछ । १ डिसेम्बर, २०१७ मा रिलिज हुने तयारी भएता पनि भारतका विभिन्न प्रदेशमा भएको विरोधका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । यो फिल्मलाई केही प्रदेशमा ‘ब्यान्ड’ समेत गरिएको छ । 
 
राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब, गुजरात जस्ता राज्यले आफ्नो प्रदेशमा फिल्म ‘पद्मावत’ रिलिज गर्न नदिने चेतावनी दिएका छन् । लगातार बढ्दो विरोधका कारण फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन सकेन । अब जनवरी २५ तारिखमा यो फिल्म रिलिज हुँदैछ । तर, आधिकारिक रुपमा अझै फिल्मको रिलिज घोषणा भइसकेको छैन । 
 
थिएटर्सलाई लिएर बाँडफाँड हुने खबर छ किनकी ‘पद्मावत’ र ‘प्याडम्यान’ एकसाथ प्रदर्शनमा आउँदैछ । राजस्थानमा ‘पद्मावत’ रिलिज हुन पाउने छैन । दिन प्रतिदिन बढ्दै गएको विरोधलाई ध्यानमा राख्दै फिल्मलाई राजस्थानमा ‘ब्यान्ड’ गरिएको छ । यदी ‘पद्मावत’ पूरै भारतमा रिलिज भएको खण्डमा फिल्मको कूल कलेक्सन २ सय करोड हुनसक्ने ट्रेड विशेषज्ञको अनुमान छ । 
 
राजस्थानमा ‘ब्यान्ड’ भएपछि फिल्मलाई करीब १२ करोड घाटा भएको छ । राजस्थानसँगै मध्यप्रदेश, पञ्जाब, हरियाणा, उत्तर प्रदेश, गुजरात र बिहार जस्ता राज्यमा पनि फिल्म प्रदर्शन हुन सक्ने सम्भावना निकै न्यून देखिएको छ ।  यदी यस्तो भए फिल्मलाई लगभग ३० करोड उत्तर प्रदेशबाट, २५ करोड पञ्जाब-हरियाणाबाट, १० करोड मध्यप्रदेशबाट र २५ करोड गुजरातबाट घाटा हुने देखिन्छ । 
 
यो सबै जोड्ने हो भने फिल्मलाई लगभग १०२ करोड नोक्सान हुने कन्फर्म छ । फिल्म सिमित ठाउँमा मात्र रिलिज हुनेछ भने नोक्सान बलियो हुनेछ । भारतीय सेन्सर बोर्डले ‘पद्मावती’ नाम परिवर्तन गरेर ‘पद्मावत’ राखेपछि ‘यूनिभर्सल सर्टिफिकेट’ दिँदै प्रदर्शनका लागि अनुमती दिएको छ । 
 
सञ्जय लीला भंसाली निर्मित तथा निर्देशित यो फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् ।