मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘ब्लाइन्ड रक्स’को गीतमा बेनिशाको ‘उड्यो मन’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/11
 
अब प्रदर्शनका लागि तयार भएको फिल्म ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ । नायिका बेनिशा हमाल फिचरिङ ‘उड्यो मन...’ गीतमा कत्थक नृत्य र शास्त्रिय संगीतको स्वाद मिश्रण छ । 
 
हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बानिका प्रधानले गाएकी छन् । गीतमा नरेश भट्टराईका शब्द छन् । ‘धेरैपछि दर्शकले शास्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ ।’
 
दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको बायोपिक फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । 
 
लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित यो फिल्म फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।  
 
भिडियो :-