मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘न्याप्किन’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/11
 
अपराधको कथा बोल्ने फिल्म ‘न्याप्किन’को ट्रेलर सार्वजनिक भएको छ । भूकम्प पीडितका लागि विभिन्न ठाउँमा च्यारिटी गरिएको यो फिल्मको प्रदर्शन मिति भने निर्माण टीमले घोषणा गरेको छैन । 
 
विनायक लामिछाने निर्देशित यो फिल्ममा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ । 
 
सानो बजेटमा पुरानो सिनामंगलका युवाहरुले मिलेर ‘न्याप्किन’ निर्माण गरेका हुन् । आमयुवाले भोगेको चिन्तासँग कसरि अपराध जोडिन्छ भन्ने विषयमा फिल्म निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिए । 
 
अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्टमा तयार भएको फिल्मका छायाँकर सुवास ईडो हुन् । फिल्ममा भुपेन्द्र बनको द्वन्द्व निर्देशन छ । 
 
भिडियो :-