मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 4.79/5.00)
Text size:-
+
-

‘जाइरा’मा बक्सर बन्दै नम्रता ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/11
 
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ पछि नायिका नम्रता श्रेष्ठको कुनै चर्चा छैन । लामो समयदेखि दावा शेर्पासँगको प्रेममा रमाइरहेकी नायिका नम्रता यतिबेला आफ्नो नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् । मिडियामा आएका खबरअनुसार, नम्रताको नयाँ फिल्मको नाम ‘जाइरा’ जुराइएको छ । यसमा उनले बक्सर खेलाडीको भूमिका निर्वाहा गर्दैछिन् । 
 
‘पर्व’पछि केही समय नाटकलाई पनि समय दिएकी नम्रताको जोडी यो फिल्ममा ‘ह्यान्डसम भिलेन’को रुपमा परिचित अनुपविक्रम शाहीसँग बाँधिएको खबर छ । फिल्मको विषयमा बुझ्न नम्रतालाई सम्पर्क गर्दा उनकी असिस्टेन्ट क्रितिकाले फोन उठाइन् । उनले भनिन्, ‘उहाँले अहिले यस विषयमा बोल्न चाहनुभएको छैन । करीब २ हप्तापछि फिल्मको औपचारिक निर्माण घोषणा हुँदैछ ।’ 
 
फिल्म र स्टारकास्टको नाम निर्माण यूनिटले गोप्य राख्न खोजेता पनि ‘एक कान दुई कान हुँदै मैदान’ हुँदा नायिका नम्रता यतिबेला निकै तनावमा देखिएकी छिन् । ‘जाइरा’को विषयमा अहिले उनी मिडियासँग प्रत्यक्ष कुनैपनि विषयमा जानकारी दिन चाहिरहेकी छैनन् । फिल्मलाई आशुतोष श्रेष्ठले निर्देशन गर्ने कन्फर्म भइसकेको छ । 
 
यही फिल्मको तयारीका लागि नम्रता झण्डै ३ महिनादेखि घरको चारकुना भित्र बन्द छिन् । उनले बढीजसो समय अहिले जिम र बक्सिङ क्लासमा विताइरहेकी छिन् ।