मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘केसरी’मा अक्षयको जोडी परिणीति

एजेन्सी, मुम्बई, 2018/01/11
अभिनेत्री परिणीति चोपडा, बलिउड स्टार अक्षय कुमारको अपोजिट ‘केसरी’मा देखिने भएकी छिन् । फिल्मका निर्माता करन जोहरले ट्विटरबाट यो कुराको पुष्टि गरेका छन् । करनले ट्विटरमा अभिनेत्री चोपडालाई ट्याग गर्दै लेखेका छन्, ‘फिल्म ‘केसरी’को मुख्य अभिनेत्री परिणीति चोपडा हुन् ।’ 
 
यो फिल्म ‘सारागढी’ को युद्धमा आधारित छ । अक्षयले केहीदिन अगाडि मात्र फिल्मको फर्स्टलुक सार्वजनिक गरेका थिए । फिल्ममा अक्षय कुमार 'सिख'को भूमिकामा देखिँदैछन् । 
 
 
अक्षय कुमारले तश्विर शेयर गर्दै ट्विटरमा लेखेका छन्, यो तश्विर गर्दा असिमित गर्व र आभार व्यस्त गर्न चाहन्छु । नयाँ वर्ष २०१८ को सुरुवातमा मेरो महत्वाकांक्षी प्रोजेक्ट र फिल्म केसरीबाट गर्दैछु । तपाईको शुभकामना र मायाको खाँचो मलाई सधै रहनेछ । 
 
यसअघि यो फिल्ममा सलमान खान पनि जोडिएका थिए तर पछि उनले आफ्नो पाइला पछाडि सारे । अक्षय कुमार र निर्माता करण जोहरले संयूक्त रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।