मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बटरफ्लाई’ हेर्न अभिभावक चाहिने

फिल्मीखबर, काठमाण्डौ, 2018/01/10
फिल्म ‘बटरफ्लाई’लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ । पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म मंगलवार मात्र सेन्सरमा गएको हो । सेन्सर बोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको छ । 
 
१६ वर्ष उमेर मुनिकाले अब ‘बटरफ्लाई’ हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । ‘गाउँदिन अब गीत गजल’ बोलको गीतबाट चर्चामा रहेको यो फिल्ममा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । 
 
 
अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् । 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् ।