मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिंजडा व्याक अगेन’ लिएर सञ्चितासँग जापान उड्दै निखिल

फिल्मीखबर, काठमाण्डौ, 2018/01/10
नायक निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’ आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतसंगीत र ट्रेलरबाट प्रतिक्षीत बनेको यो फिल्ममा निखिलले दोस्रो पटक नायिका सारा सिपार्लीसँग रोमान्स गरेका छन् । यसअघि यो जोडीले फिल्म 'रुद्र'मा काम गरेका थिए । ‘पिंजडा व्याक अगेन’ निखिलको डेब्यु फिल्म ‘पिंजडा’को नेम सिक्वेल हो । 
 
फेमिली ड्रामा बोल्ने एक्सन प्याक यो फिल्म अब जापानमा बसोबास गर्ने नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन् । नेपाल रिलिजको १० दिनपछि जापानमा यो फिल्मको विशेष शो हुनेछ । यही जनवरी २८ तारिखमा फिल्मको शो पक्का भएको हो । उक्त शोमा निर्देशक हिमाल केसीसँगै निखिल र अभिनेत्री सञ्चिता लुईंटेल उपस्थित हुनेछन् । फिल्ममा सञ्चिताको भने अभिनय छैन । 
 
 
जापानको टोकियोमा हुने प्रदर्शन लगत्तै अन्य शहरमा पनि भिन्न-भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो । यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । 
 
फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । केही हप्ता अगाडि सडक दुर्घटनामा निधन भएकी विना थापाको पनि फिल्ममा अभिनय छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।
 
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।