मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मृगौला पीडितका लागि हङकङमा ‘मिस्टर झोले’ शो

फिल्मीखबर, काठमाण्डौ, 2018/01/10
यही शुक्रवारबाट नेपाल अधिराज्यभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ अब हङकङमा पनि प्रदर्शन हुने भएको छ । आउँदो आइतवार अर्थात्, जनवरी १४ तारिखमा फिल्मको हङकङमा प्रदर्शन हुनेछ ।  
 
मृगौला पीडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबु गुरुङ उपस्थित हुनेछन् । ‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतीमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् ।
 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 
 
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।