मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः ‘कान्छी’ले पायो सोलो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/01/10
गएको केही वर्ष यता कमै नेपाली फिल्मले मात्र सोलो रिलिजको मौका पाएका छन् । यस वर्षको सुरुवात अर्थात्, बैशाख १ गतेदेखि फिल्मको रिलिज क्यालेन्डर पल्टाउने हो भने प्रत्येक हप्ताको शुक्रवार दुईको आसपासमा नेपाली फिल्महरु रिलिज भैरहेका छन् । 
 
सोलो रिलिजमा आउँदा एकलौटी हल कब्जा गर्न पाइन्छ तर एकभन्दा बढी फिल्म एकसाथ रिलिज हुँदा त्यही अनुसार हलको संख्या र दर्शक पनि बाँडिन्छन् । धेरै संख्यामा फिल्म निर्माण हुने क्रम बढ्दै गर्दा विस्तारै नेपाली फिल्मले सोलो रिलिजको मौका गुमाउँदै गएका छन् । 
 
आउँदो फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ले भने मुश्किलले सोलो रिलिजको मौका पाएको छ । लामो संघर्ष प्रश्चात यो मितिमा आउने भनिएको फिल्म ‘मंगलम’ पोस्टपोन्ड हुँदा ‘कान्छी’ सोलो रिलिजमा उत्रिन लागेको हो । हुनत, यसअघि यो फिल्म माघ २६ मा आउने कन्फर्म भएको थियो । तर, यही मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ आउने भएपछि ‘कान्छी’को रिलिज पोस्टपोन्ड भएको थियो । 
 
 
अब प्रश्न यो उठेको छ कि माघ २६ गते प्रदर्शनमा हुने ‘कृ’को असर एक हप्ता पछि आउने ‘कान्छी’माथी कस्तो पर्नेछ ? दोस्रो हप्ता पनि यो फिल्म हेर्ने दर्शकको 'फ्लो' नघटे ‘कान्छी’लाई अर्को मुश्किल खडा हुनेछ । ‘मंगलम’ फागुन ४ बाट हट्नुको कारण पनि ‘कृ’लाई नै मानिएको छ । 
 
‘कान्छी’ सोलो रिलिज हुने भएपछि निर्माता तथा अभिनेत्री श्वेता खड्का भने खुसी देखिएकी छिन् । उनी भन्छिन्, ‘कान्छीलाई सोलो रिलिज गराउन लागी पर्ने सबैलाई धन्यवाद । अब झनै धेरै दर्शकले हेर्न पाउनु हुनेछ ।’ श्वेताले फिल्म राम्रो बनेको दाबी गर्छिन् । 
 
'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले यो फिल्म निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्ममा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ ।
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।