मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४४ लागे ऋतिक, आएको थियो ३० हजार केटीबाट बिहेको अफर !

फिल्मीखबर, मुम्बई, 2018/01/10
भारतीय अभिनेता ऋतिक रोशन बुधवारबाट ४४ वर्षका भएका छन् ।  १० जनवरी, १९७४ मा जन्मिएका ऋतिकले वर्ष २००० मा फिल्म 'कहो न प्यार हे'मा पहिलो पटक मुख्य भूमिका निर्वाहा गरेका थिए । यसअघि उनले दर्जन बढी फिल्ममा बाल कलाकारको रुपमा काम गरेका थिए । 
 
कयौं सुपरहिट फिल्ममा अभिनय गरिसकेका ऋतिक बाल्यकाल भने अड्किएर बोल्ने गर्थे । यो समस्याबाट उनले हारे खाएनन्, संघर्ष गरिरहे र बलिउडका सुपरहिरो 'कृष' बन्न सफल भए । पूर्व श्रीमती सुजेनसँग डिभोर्स भएपछि अहिले ऋतिक सिंगल छन् । तर, एक समय यस्तो थियो, जब उनलाई ३० हजार म्यारिज प्रपोजल आएको थियो । 
 
उनको पहिलो फिल्म 'कहो न प्यार हे'पछि युवतीहरु उनका दिवाना भएका थिए । आज ऋतिक रोशन एक कुशल नृत्य गर्न सक्ने अभिनेताको रुपमा पनि चिनिन्छन् । तर, २१ वर्षको उमेरसम्म उनलाई डान्स गर्न निकै मुश्किल हुन्थ्यो । आलिसान महलमा बस्ने ऋतिक रोशन, पिता राकेशको निकै इज्जत गर्छन् । 
 
 
फिल्ममा एक्सन हिरोको इमेज बनाएका ऋतिक रियल लाइफमा केही अलग छन् । एकपटक पिता राकेश रोशनलाई भएको माफिया अट्याकका कारण ऋतिकले बलिउड छाड्ने समेत फैसला लिएका थिए । जन्मदिनको अवसर पारेर ऋतिकलाई प्रशंसक र बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । 
 
यस्तै, ऋतिककी पूर्व पत्नी सुजेनले पनि इन्स्टाग्राममा एक सेल्फी शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, 'तिमी सधै मेरो जिन्दगीको उज्यालो बन्ने छौ । जन्मदिनको शुभकामना ।' ऋतिक र सुजेलको वर्ष २०१४ मा १४ वर्ष लामो बैबाहिक सम्बन्ध टंगिएको थियो । 
 
रि‍तिक र सुजेलका दुई छोरा रेहान र रिदान छन् । ऋतिकले कृष, कोई मिल गया, मोहनजोदारो, काबिल, धूम २, जोधा अकबर जस्ता फिल्ममा काम गरिसकेका छन् ।