
नेपाल प्रदर्शन मिति घोषणा नगरिएको ‘दोषी को ?’ फिल्मको ‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको यस लोक लयको गीतमा मेलिना राईको स्वर छ । निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् ।
करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् । ‘दोषी को ?’ फिल्ममा सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नव-कलाकारको अभिनय छ ।
फिल्मको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।
भिडियो :-

