मिति : २०७४ माघ ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

अजयको ‘टोटल धमाल’ रिलिज घोषणा

एजेन्सी, मुम्बई, 2018/01/09
 
वर्ष २०१७ मा ‘गोलमाल अगेन’बाट दर्शकलाई खुब हँसाएका बलिउड अभिनेता अजय देवगन अब फिल्म ‘टोटल धमाल’ लिएर फेरि पर्दामा फर्किँदैछन् । यो फिल्मको रिलिज डेट घोषणा गरिएको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, ‘टोटल धमाल’ वर्ष २०१८ को ७ डिसेम्बरमा रिलिज हुनेछ । फिल्मको छायांकन मंगलवारबाट सुरु भएको छ । अजय देवगनसँगै यो फिल्ममा रितेश देशमुख, अरशद वारसी र जावेद जाफरीको पनि मुख्य भूमिका हुनेछ । 
 
यो ‘धमाल’ सिरिजको तेस्रो सिक्वेल हो । योभन्दा अगाडि वर्ष २००७ मा ‘धमाल’ रिलिज भएको थियो, जसमा सञ्जय दत्त, जावेद जाफरी, रितेश देशमुख र अरशद वारसी मुख्य भूमिका थिए । यस्तै, वर्ष २०११ मा आएको ‘डबल धमाल’मा पनि स्टारकास्ट पुरानै थिए । 
 
यी दुवै भागले भारतीय बक्स अफिसमा राम्रो पैसा छापेका थिए । ‘टोटल धमाल’लाई इन्दर कुमारले निर्देशन गर्दैछन् ।