Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी लन्डन पुग्दा आर्यन उडे फिलिपिन्स

फिल्मीखबर, काठमाण्डौ, 2018/01/09
 
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिषा दिन अस्वीकार गरेको खबर अन्ततः गलत साबित भएको छ । आफू अभिनीत नयाँ फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मका लागि साम्राज्ञी लन्डन पुगिसकेकी छिन् । 
 
पहिलो पटक बेलायतले भिषा दिन अस्वीकार गरेपछि उनले नायक आर्यन सिग्देलको अभिनय र निर्माणमा बन्न लागेको फिल्म ‘कायरा’ साइन गरेकी थिइन् । ‘कायरा’को छायांकन जनवरी ११ तारिखबाट सुरु हुँदैछ । यसका लागि सोमवार साँझ नायक आर्यन फिलिपिन्स उडेका छन् । 
 
फिलिपिन्सको मनिलामा छायांकन हुने यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । यस्तै, साम्राज्ञीले बेलायतमा ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङ ज्वाइन गरिसकेकी छिन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा फिल्मका नायक धिरज मगरसँगको एक तश्विर शेयर गरेकी छिन् । 
 
बिग बजेटमा निर्माण हुन लागेको यो फिल्मकी निर्देशक रेनाशा वान्तवा राई हुन् । उनी चर्चित कोरियोग्राफर समेत हुन् । यो फिल्मको अधिकांश छायांकन बेलायतमा नै हुनेछ । सेड्युल जुधेपछि अब साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन एकसाथ गर्नेछिन् । 
 
उनी केही हप्तामा नै नेपाल आएर ‘कायरा’को छायांकनका लागि फिलिपिन्स उड्ने स्रोत बताउँछ । खबरअनुसार, यो फिल्मबाट साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेकी छिन् । 
Most Visited News (monthly)