Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पद्मावती’का कारण ‘ह्याप्पी डेज’ को रिलिज पोस्टपोन्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/01/09
 
माघ १२ अर्थात्, जनवरी २६ बाट प्रदर्शनमा आउन लागेको दयाहाङ राई र प्रियंका कार्की अभिनित फिल्म ‘ह्याप्पी डेज’को रिलिज डेट पोस्टपोन्ड भएको छ । जनवरी २५ मा बलिउडका दुई बहुप्रतिक्षीत फिल्म ‘प्याडम्यान’ र ‘पद्मावती’ प्रदर्शनमा आउने भएपछि ‘ह्याप्पी डेज’को नेपाल रिलिज स्थगन भएको हो । 
 
यसअघि अक्षय कुमारको ‘प्याडम्यान’ मात्र यो मितिमा आउने कन्फर्म भएको थियो तर लामो समयदेखि विवादमा फसेको ‘पद्मावती’ (पद्मावत) पनि अब जनवरी २५ बाट प्रदर्शनमा आउँदैछ । निर्देशक तथा निर्माता सञ्जयलिला भन्सालीले ‘पद्मावती’को नाम परिवर्तन गरेर ‘पद्मावत’ राखेपछि भारतीय सेन्सर बोर्डले यो फिल्मलाई प्रदर्शनको अनुमती दिएको थियो । 
 
बलिउडका दुई ठूला फिल्म एकसाथ मैदानमा उत्रिने भएपछि मल्टिप्लेक्समा नेपाली दर्शकको 'फ्लो' बलिउड फिल्मतर्फ बढी हुने कुरालाई ध्यानमा राख्दै ‘ह्याप्पी डेज’ निर्माण टीमले फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड गरेको हो । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक तथा निर्माता मिलन चाम्सले भने, ‘कसैलाई ठाट्नु पर्ने कुरा नै छैन । बलिउडका दुई ठूला फिल्म एकसाथ प्रदर्शनमा आउन लागेपछि हामीले ‘ह्याप्पी डेज’को प्रदर्शन मिति पोस्टपोन्ड गरेका हौं । हुनत, नेपाली फिल्म दर्शकले नहेर्ने होइन तर दर्शक बाँडिने भएका कारण हामीले यो निर्णय लिएका हौं । चाँँडै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं ।’ 
 
भारतमा मात्र नभएर अक्षय कुमारको 'प्याडम्यान' र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पद्मावती’ नेपाली दर्शकमाझ पनि प्रतिक्षीत छ । बलिउडका तीन खानका फिल्मसँग मात्र जुध्न डराउने नेपाली निर्माताहरु पछिल्लो समय चर्चामा रहेका जुनसुकै बलिउड फिल्मसँग पनि भिड्ने साहस जुटाउन सकेका छैनन् । 
 
विस्तारै नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढ्दै गरेपनि अझैसम्म बलिउड फिल्मले नेपालका मल्टिप्लेक्समा आफ्नो वर्चश्व कायम गर्न छाडेका छैनन् । मल्टिप्लेक्स सञ्चालकहरु पनि नेपालीभन्दा बलिउड फिल्मलाई बढी 'शो' प्रदान गर्ने गर्दछन् । यसकारण पनि नेपाली निर्माताहरु बलिउड फिल्मसँग भिड्ने आँट जुटाउन सक्दैनन् । 
 
मल्टिप्लेक्समा दर्शकको उपस्थिति राम्रो रहे फिल्मको लगानी चाँडै र सजिलै उठ्ने भएका कारण नेपाली निर्माताहरु बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्नुभन्दा रिलिज पोस्टपोन्ड गरेर 'कानमा तेल हाल्न' जाती सम्झन्छन् । फिल्म ‘ह्याप्पी डेज’ले पनि नेपालबाट लगानी सेभ गर्नका लागि रिलिज डेट पोस्टपोन्ड गर्नुको अरु विकल्प भेटेन । 
Most Visited News (monthly)