मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिर्के’ हेरेपछि सञ्चारमन्त्रीले भने, ‘सन्देशमुलक छ’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/08
 
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘फिर्के’ले यतिबेला दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । ठेलमठेल दर्शक हलमा नदेखिएपनि फिल्म हेर्ने दर्शकको संख्या विस्तारै बढ्दै गएको निर्माण पक्षले जानकारी दिएको छ । यस्तै, सोमवार सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कुमारी हल पुगेर ‘फिर्के’ हेरेका छन् । 
 
फिल्म हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले भने, ‘फिर्के’ले वास्तविक घट्नालाई उतारेको छ । सामाजिक विकृति हटाउने क्रममा यो एउटा सन्देशमुलक फिल्म हो । म खासै फिल्म त हेर्दिनँ तर ‘फिर्के’ हेरुन्जेल रमाइलो लाग्यो । मैले सुलेमान शंकर अभिनीत फिल्म ‘ईकु’ पनि हेरेको थिएँ । उहाँको काम मलाई ‘फिर्के’मा पनि राम्रो लाग्यो ।’ यस्तै, मन्त्री मोहन बस्नेतले सुलेमानलाई आगामी भविष्यका लागि शुभकामना पनि दिए ।
 
फिल्म हेर्न पुगेका हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, हास्यकलाकार द्वय केदार घिमिरे र जितु नेपाल पनि ‘फिर्के’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्मका निर्माता तथा कलाकार सुलेमानले सञ्चारमन्त्री र आफूभन्दा अग्रज हास्यकलाकारबाट पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताए । यो फिल्मलाई रवि डंगोलले निर्देशन गरेका हुन् । 
 
फिल्मले गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा बोल्छ । ‘फिर्के’मा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । ओमलाल गुरुङ् र राजेश श्रेष्ठ पनि फिल्मका निर्माता हुन् । 
 
फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।