मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ओखती’ कभर भिडियो कम्पिटिसनको विजेता घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/08
 
पुष २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ ले आयोजना गरेको ‘कभर भिडियो कम्पिटिसन’को विजेता घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ‘ओखती’ बोलको गीतमाथी बनाइएका भिडियोमध्येबाट उत्कृष्ट ३ डान्स ग्रुपलाई पुरस्कार प्रदान गर्‍यो । 
 
‘क्रिस्टल क्लाउज क्रू’ले तयार पारेको भिडियो पहिलो बन्दा वान सटमा तयार पारिएको ‘किशन एण्ड डान्स क्रू’ले बनाएको भिडियो दोस्रो घोषित भयो । यस्तै, ‘द डाइनामिक क्रू’को भिडियो तेस्रो बन्न सफल भएको छ । प्रतिस्पर्धामा प्रथम हुने डान्स ग्रुपले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरे । 
 
‘मिस्टर झोले’ टीमले डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरेको थियो । निर्देशक रामबाबु गुरुङले ‘ओखती’ बोलको कभर भिडियो कम्पिटिसनका लागि २५ भिडियो प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट ३ भिडियोलाई विजेता छानिएको बताए । कार्यक्रममा नायक दयाहाङ राई र नायिका दीया पुनलगायत उपस्थित थिए । 
 
 
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मितयो फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्ममा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ । 
 
रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । 
 
पहिलो बन्न सफल कभर भिडियो :-
 

 
देस्रो बन्न सफल कभर भिडियो :-
 

 
तेस्रो बन्न सफल कभर भिडियो :-