मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभास भन्छन्, ‘अब ‘बाहुबली’ बने गर्दिनँ’

एजेन्सी, मुम्बई, 2018/01/08
 
वर्ष २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली २’ ले भारतीय फिल्म इतिहासमा किर्तिमानी रेकर्ड बनायो । यो फिल्मका हरेक कलाकारलाई दर्शकले ‘स्टार’ बनाइदिए र निर्देशक एस रामामौलीको यो कल्पनालाई दर्शकले बक्स अफिसको बाहुबली नै बनाइदिए । तर, यो फिल्मका बाहुबली उर्फ एक्‍टर प्रभास अब फेरि ‘बाहुबली’ बन्न चाहँदैनन् । 
 
उनले एक कार्यक्रममा मिडियाको सामु भने, ‘बाहुबली मेरो जीवनको सबैभन्दा ठूलो र सार्थक फिल्म हो । जसले मेरो करिअर राम्रो बनाउन निकै मद्दत गरेको छ । यो फिल्मले धेरै दर्शकको प्रशंसा पनि पाएको थियो । तर, अबदेखि म कहिल्यै यस्तो फिल्म गर्दिनँ ।’ 
 
उनी अगाडि भन्छन्, ‘यो फिल्म पूरा गर्न ५ वर्ष लागेको थियो । जुन मजस्तो अभिनेताको लागि धेरै लामो समय हो । अभिनेतासँग एकदमै कम समय हुने र थोरै समयमा धेरै फिल्म गर्नुपर्ने हुन्छ । त्यसले म ५ वर्ष लामो समय कुनै पनि फिल्मलाई दिन सक्दिनँ । यो मेरो करिअरका लागि सही हुने छैन ।’