मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिका प्रिमियरमा रुचाइयो ‘पञ्चायत’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/08
५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को अमेरिकाको भर्जिनिया शहरमा प्रिमियर गरिएको छ। ‘पञ्चायत’को प्रिमियरका लागि भन्दै अभिनेता सरोज खनाल केहीदिन अगाडि मात्र अमेरिका उडेका थिए । आइतवार भएको प्रिमियरमा फिल्मका अभिनेता सरोज खनाल र नायिका नीता ढुंगानाको अभिनयको सबैले तारिफ गरे। 
 
यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।
 
 
चैत्र २ गतेबाट नेपाल प्रदर्शन हुन लागेको यो फिल्ममा नीता र सरोजका अलावा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् । 
 
‘पञ्चायत’लाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।