मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरेक फिल्ममा हिरोइन ‘चेन्ज’, कथाको माग कि आर्यनको ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/08
 
‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका सिक्स प्याक हिरो हुन् आर्यन अधिकारी । डेब्यू फिल्म रिलिज भएपछि उनलाई नेपाली फिल्म उद्योगले सम्भावना बोकेको नायकको रुपमा हेरेको छ । उनको अभिनय कुशलताको दर्शकले पहिलो फिल्ममा नै तारिफ गरे । उनी अभिनीत दोस्रो फिल्म ‘बटरफ्लाई’ यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । 
 
हाल फिल्म ‘बाँध मायाले’को काममा व्यस्त आर्यनले ‘बटरफ्लाई’ आफ्नो करिअरका लागि महत्वपूर्ण रहेको बताए । आइतवार पत्रकारसँग कुराकानीको क्रममा उनले भने, ‘बटरफ्लाई फरक किसिमको लभस्टोरी फिल्म हो । मेरो भूमिका पनि फरक छ । ‘माया र लडाइँमा जे पनि जायज हुन्छ’ भने किसिमको फिल्म हो यो ।’ उनी दर्शकलाई फिल्मले भरपुर मनोरञ्जन दिनेमा ढुक्क छन् । 
 
हरेक फिल्ममा उनको जोडी फरक-फरक नायिकासँग बाँधिएको छ । आर्यनले 'के म तिम्रो होइन र'मा मरिश्मा पोखरेल, 'बटरफ्लाई'मा प्रियंका कार्की, 'बाँध मायाले'मा सृष्टि श्रेष्ठ, ‘करोडपति’मा नीता ढुंगाना र 'जस्मिन'मा अशिष्मा नकर्मीसँग काम गरिसकेका छन् । यो कथाको माग हो वा आर्यनको ? पत्रकारको प्रश्नमा आर्यन भन्छन्, ‘हो, आजसम्म मैले जति फिल्ममा काम गरेँ त्यसमा नायिका दोहोरिएका छैनन् । तर, फरक-फरक नायिकसँग काम गर्नु त्यो मेरो डिमाण्ड होइन । एउटा फिल्मबाहेक मभन्दा अगाडि अरु नै कलाकार अनुवन्धित भएका छन् ।’ 
 
‘बटरफ्लाई’मा भने उनी आफैंले नै फिल्म यूनिटसँग प्रियंका कार्की राख्नका लागि आग्रह गरेका रहेछन् । ‘बटरफ्लाई’मा प्रियंकाले जुन क्यारेक्टर निर्वाहा गरेकी छिन् त्यो उनलाई भन्दा बाहेक अरुलाई सुहाउँदैन थियो । त्यसैले पनि मैले धेरैपटक निर्माण टीमलाई यो आग्रह गरेको थिएँ । अनि, मेरो डिमाण्डले फिल्ममा फरक-फरक नायिका हुने पक्कै होइन । त्यो निर्देशकले छनौट गर्ने कुरा हो । मैले आजसम्म यो कलाकारसँग काम गर्छु, यो कलाकार राख्नु पर्छ भनेर भनेको पनि छैन ।’ आर्यनले भने । 
 
यस्तै, उनले ‘बटरफ्लाई’मा दर्शकले आफ्नो सिक्स प्याक फेरि हेर्न पाउने पनि बताए । आर्यन थप्छन्, ‘डेब्यू फिल्ममा टिर्सट च्यातेको थिएँ यो फिल्ममा सर्ट च्यातेको छ ।’ प्रियंका र आर्यनको लिड रोल रहेको यो फिल्मलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् ।