
भारतीय बक्स अफिसका ‘सुल्तान’ सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ले प्रदर्शनको तेस्रो हप्तामा पनि जर्बजस्त कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमा सय करोड कमाएको यो फिल्म अब ३ सय करोड क्लबमा इन्ट्री भएको छ ।
फिल्मले भारतबाट मात्र प्रदर्शनको १६ दिनमा कूल ३ सय करोड ८९ लाख कमाएकोे छ । यदी यो हप्ता पनि दर्शकको 'फ्लो' उस्तै रहिरहे सलमानले चाँडै आफ्नो फिल्म ‘सुल्तान’को बक्स अफिस रेकर्ड तोड्नेछन् । ‘टाइगर जिन्दा हे’ले पहिलो हप्ता २०६ करोड कलेक्सन गरेको थियो र दोस्रो हप्तामा ८५. ५१ करोड कमाई गर्न सफल भएको थियो ।
फिल्मले तेस्रो हप्ताको पहिलो दिन ३.७२ र दोस्रो दिन ५.६२ करोड कलेक्सन गरेको छ । यसअघि सलमान अभिनीत ‘सुल्तान’ र ‘बजरंगी भाईजान’ले भारतीय बक्स अफिसबाट ३ सय करोड कमाएका थिए । ‘टाइगर जिन्दा हे’को ओभरसिज कलेक्सन ११०.६८ करोड छ ।
.jpg)
निर्देशक अली अब्बाकज जफरको यो फिल्मबाट करीब ५ वर्षपछि सलमान र कैटरीना कैफको जोडीले 'विग स्कृन'मा कमब्याक गरेको हो । फिल्मलाई दर्शकसँगै क्रिटिक्सले समेत उतिक्कै तारिफ गरेका छन् । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।

