Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ लाखमा दीपेन्द्र अनुबन्ध, बन्ने भयो ‘चङ्गाचेट’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/07
नेपाली फिल्ममा पछिल्लो केही समय पारिश्रमिकको चर्चा निकै जोडतोडले हुने गरेको छ । विशेषगरि अभिनेता-अभिनेत्रीको पारिश्रमिकको चर्चाले सिनेवृत निकै गर्माउने गर्दछ । अनमोल केसीलाई ५० लाखको अफर, प्रदिप खड्काले 'लिलिबिली'बाट लिएको २२ लाख, विपिन कार्कीले 'फनफनी'मा लिएको १७ लाख बढीको पारिश्रमिक चर्चाले मीडियामा राम्रै स्थान पाएको थियो । 
 
पछिल्लो समय नेपाली फिल्मका निर्देशकहरु पनि महंगा बन्दै गएका छन् । निश्चिल बस्नेत, रामबाबु गुरुङ जस्ता केही निर्देशकले एक फिल्म निर्देशन गरेबापत २५ लाख बढी पारिश्रमिक लिने गरेको खबर बाहिर आइसकेको छ । यो लिस्टमा 'पशुपतिप्रसाद' फेम निर्देशक दीपेन्द्र के. खनाल पनि इन्ट्री भएका छन् । एकपछि अर्को फिल्मबाट आफूलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गर्दै आइरहेका दीपेन्द्रले हालैमा ‘चङ्गाचेट’ नामक फिल्म २५ लाखमा साइन गरेका छन् । 
 
यो पारिश्रमिक नेपालका नाम चलेका कमै नायकले मात्र पाउँछन् । एउटा फिल्म निर्देशन गरेबापत नेपाली निर्देशकले २५ लाख डिमाण्ड गर्नु कति उचित छ ? भन्ने फिल्मीखबर डटकमको प्रश्नमा दीपेन्द्र भन्छन्, 'किन उचित नहुनु । सबैले २५ लाख लिनु पर्छ भन्ने पनि होइन । तर, २५ लाख निर्देशकलाई दिएर निर्मातालाई के फाइदा हुन्छ त्यो हेर्न आवश्यक छ । एक वर्ष त्यो फिल्मलाई समय दिएर २५ लाख लिनु भएको खासै ठूलो रकम होइन ।' 
 
 
फाइल फोटो
 
उनी अगाडि भन्छन्, फिल्म भनेको त विजनेश हो । विजनेशमा नाफा र घाटा दुवै हुन्छ । भोली फिल्मबाट निर्माताले ५ करोड कमायो भने निर्देशकले के पाउँछ ? पारिश्रमिक भन्दा पनि एउटा निर्देशकले कति इमान्दारपूर्वक काम गर्छ भन्ने चाहिँ ठूलो कुरा हो ?' उनका अनुसार, ‘चङ्गाचेट’को छायांकन चैत १ गतेबाट सुरु हुनेछ । 
 
फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसी लिड रोलमा अनुवन्धित भइसकेका छन् । अझै केही कलाकारको छनौट कार्य भइरहेको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मका निर्माता माधव वाग्ले हुन् । 
 
जनकपुर, काठमाडौं र पोखरामा खिचिने फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ । नायक आयुष्मान, दीपेन्द्रको निर्देशनमा बन्न लागेको दोस्रो फिल्ममा काम गर्दैछन् । यसअघि 'चपली हाईट २' मा आयुष्मान र दीपेन्द्रले सँगै काम गरेका थिए । 
Most Visited News (monthly)