Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोल्टिनीलाई माघमा भित्राउँदै सविन (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/06
फिल्म ‘ए सोल्टिनी’ को ‘झुमताना झुमताना’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । 
 
सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् । 
 
 
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म ‘ए सोल्टिनी’ जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । काठमाडौं उपत्यका वरिपरि खिचिएको फिल्मका प्रस्तुतकर्ता पूर्णी तामाङ हुन ।   
 
फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
भिडियो :-

Most Visited News (monthly)