Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकदिन अगाडि नै ‘प्याडम्यान’

एजेन्सी, मुम्बई, 2018/01/06
 
अक्षय कुमार अभिनीत बहुप्रतिक्षीत फिल्म ‘प्याडम्यान’को प्रदर्शन मिति फेरबदल भएको छ । यो फिल्म २६ जनावरीमा प्रदर्शन हुने तयारीमा थियो । अब ‘प्याडम्यान’ एकदिन अगाडि नै हलमा लाग्ने भएको छ । अक्षयको यो फिल्म २६ जनावरी नभएर अब २५ जनावरीबाटै प्रदर्शनमा आउन लागेको हो । 
 
यो कुराको आधिकारिक जानकारी फिल्मकी निर्मात्री तथा अक्षयकी श्रीमती ट्विंकल खन्नाले दिएकी छिन् ।
 
ट्विंकल खन्नाले एक ट्वीट गर्दै लेखेकी छिन्, ‘जस्तो कि कहिले काहीँ पिरियड्स एक दिन अगाडि नै हुने गर्छ । ठिक त्यस्तै ‘प्याडम्यान’ पनि एकदिन अगाडि नै हलमा लाग्दैछ ।’
 
फिल्ममा अक्षय कुमारसँगै राधिका आप्टे र सोनम कपूरको पनि मुख्य भूमिका छ । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । युट्युबमा यो फिल्मको ट्रेलरलाई ३३ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
 
फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् । यो फिल्मका निर्देशन आर बाल्की हुन् ।
Most Visited News (monthly)