Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल टार्गेट दयाहाङको तर्क- ‘५० लाख लिनु सही’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/06
 
कुनै समयमा थोरै पारिश्रमिकमा काम गर्ने नेपाली नायकहरु हाल एउटै फिल्ममा अभिनय गरेको १० देखि ५० लाखसम्म लिने भइसकेका छन् । पछिल्लो समय फिल्म निर्माणको बजेट बढेसँगै नायकहरुले लिने पारिश्रमिक पनि बढेको छ । युवा स्टार अनमोल केसीलाई केही निर्माताले ५० लाख पारिश्रमिकसहित फिल्म अफर गरेको खबरले यतिबेला सिनेवृत तरंगीत छ । 
 
नेपाली नायकहरुको चर्को पारिश्रमिकको चर्चा चलिरहँदा नायक दयाहाङ राई भने अहिलेको समयमा एउटा चल्तीको नायकले ५० लाखसम्म पारिश्रमिक लिनु सही हुने तर्क पेश गर्छन् । केहीदिन अगाडि राजधानीमा पत्रकारको प्रश्नको उत्तर दिँदै दयाले भने, ‘एउटा चल्तीको नायकले अहिलेको समयमा ५० लाखसम्म पारिश्रमिक लिएर वर्षमा एउटा मात्र फिल्म गर्नु सही हुन्छ ।’ उनको यो जवाफ अनमोल केसी टार्गेटेड थियो भन्ने अनुमान लगाउन गाह्रो छैन । 
 
कुनै निर्माताले ५० लाख अफर गरेको खण्डमा के तपाई वर्षमा एउटा मात्र फिल्म गर्न सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनी अगाडि भन्छन्, ‘यदी त्यो फिल्म मेरो लागि उपयूक्त छ भने म १ लाखमा पनि काम गर्न तयार छु । पैसा मात्र पनि ठूलो कुरा रहेन । मैले केही फिल्म निःशुल्क पनि गरेको छु ।’ 
 
‘अहिलेको समयमा सबै पैसामुखी नै भइसके । नत्र त किन घुसखोरी र भष्ट्रचार बढ्थ्यो होला र ? हाम्रो दिमाखमा पनि त्यो त पसिसकेको छ । कलाकारको पारिश्रमिक र फिल्मको व्यापार बढ्नु भनेको त राम्रो कुरा हो ।’, दया भन्छन् । उनी अभिनीत नयाँ फिल्म ‘मिस्टर झोले’ यही पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
Most Visited News (monthly)