Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शेरबहादुर’मा सन्की सुनिल थापा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/05
 
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ एक सन्की व्यक्तिको कथामा निर्माण भएको रहस्य खुलेको छ । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको प्रमुख पात्र हो । 
 
शेरबहादुरले आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाएका हुन्छन् । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था फिल्मले चित्रण गरेको छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् । 
 
‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा सुनिलका अलावा कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
 
‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । फिल्मका निर्माता गौरशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित फिल्म नभएको बताए । यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो । 
 
 ‘शेरबहादुर’ को आइटम गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)