Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबल रोल गर्न एेश्वर्याले मागिन् १० करोड

एजेन्सी, मुम्बई, 2018/01/05
 
बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन चाँडै सन् १९६७ मा रिलिज भएकोे अभिनेत्री नरगिस अभिनीत सुपरहिट फिल्म 'रात और दिन' को रिमेकमा देखिन सक्ने भारतीय मिडियाले बताएका छन् । यो फिल्म गर्नका लागि ऐश्वर्याले निकै महंगो रकम डिमाण्ड गरेकी छिन् । खबरअनुसार, ऐश्वर्याले १० करोड मागेकी छिन् । 
 
फिल्मका निर्माता ऐश्वर्याको माग पूरा गर्न तयार देखिएका छन् । निर्माताबाट प्राप्त जानकारी अनुसार, फिल्ममा ऐश्वर्याको दोहोरो भूमिका हुनेछ र यसका लागि उनले कडा मिहिनेत गर्नुपर्ने छ ।
 
डबल रोल भएका कारण यो फिल्मका लागि ऐश्वर्याले लामो समय दिनुपर्ने भएको छ । फिल्मलाई दिनुपर्ने समय र मिहिनेत हेरेर नै ऐश्वर्याले फिल्म निर्माण टीमसँग १० करोड माग गरेकी हुन् । 
 
हाल फिल्म 'फन्ने खान'को छायांकनमा व्यस्त ऐश्वर्याले चाँडै 'रात और दिन'का लागि तयारी सुरु गर्नेछिन् । ऐश्वर्या राय पछिल्लो पटक करण जोहर निर्देशित 'ऐ दिल है मुश्किल'मा देखिएकी थिइन् ।
Most Visited News (monthly)