Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अमेरिका ब्वाईज’को इन्डक्ल्याप, सृष्टिसँग अर्पणको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/01/05
 
वैदेशिक रोजगारीको कथा बोल्ने फिल्म ‘अमेरिका ब्वाईज’ को छायांकन सकिएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको फिल्म ६० दिन लगाएर सुट गरिएको हो । निर्माण यूनिटका अनुसार, फिल्मको सुटिङमा नै २ करोड खर्च भएको छ । 
 
बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेल हुन् । निर्माता भूजेलले फिल्मलाई आगामी जेठ ४ गते प्रदर्शनमा ल्याउने तयारी गरेका छन् ।
 
‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन् । 
 
यमूना खरेल र राज केसी फिल्मका सह-निर्माता हुन् । फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ । 
Most Visited News (monthly)