Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपति पुगे डा. गुलाटी

फिल्मीखबर, काठमाण्डौ, 2018/01/05
 
भारतका चर्चित कमेडियन सुनिल ग्रोवर अर्थात्, डा. गुलाटी नेपाल आएका छन् । शुक्रवार साँझ राजधानीमा हुने एक कर्पोरेट शोमा सहभागी हुनका लागि उनी बिहीवार नेपाल आएका हुन् । उनले काठमाडौं उर्लिएपछि दिउँसो पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका छन् । सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर आफ्नो आधिकारीक इन्स्टाग्राममा राखेका छन् । 
 
उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ । गजिनी, बागी, हिरोपन्ती, कफि विथ डी लगायतका बलिउड फिल्ममा समेत काम गरेका सुनिलले शुक्रवार काठमाडौंको एक पाँचतारे होटलमा आफ्नो कमेडीको जादू छर्नेछन्। उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती दिनेछन् । 
 
भारतीय कमेडियन कपिल शर्मासँगको झगडापश्चात 'द कपिल शर्मा शो'बाट बाहिरिएका सुनिल ग्रोवर अहिले विभिन्न देशमा हुने कार्यक्रममा व्यस्त छन् । चाँडै कपिलले सोनी च्यानलमा सुरु गर्न लागेको नयाँ शोमा सुनिल पनि ज्वाइन भएको बुझिएको छ ।