Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘फिर्के’ र ‘राज्जा रानी’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/05
फ्राइडे रिलिज अन्तगर्त यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ आजबाट देशव्यापी प्रदर्शनमा उत्रिएका छन् । दुई हप्ता अगाडि प्रदर्शनमा आएको बलिउड स्टार सलमान खान अभिनीत फिल्म 'टाइगर जिन्दा हे'का कारण नाम सुनिएका ठूला नेपाली फिल्म प्रदर्शनमा नआएको अवस्थामा यो हप्ता मल्टिप्लेक्स र सिंगल हलमा ‘फिर्के’ र ‘राज्जा रानी’ले आफ्नो कब्जा जमाउन प्रयास गर्नेछन् । 
 
गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा फिल्म ‘फिर्के’ले बोल्छ । यो फिल्मका निर्देशक रवि डंगोल 'बेमान' हुन् । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।
 
 
यस्तै, दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।  
 
फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा यो फिल्ममा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन् ।  
 
‘फिर्के’ र ‘राज्जा रानी’ दुवै फरक स्वादका फिल्म हुन् । अब कसको पक्षमा पल्लाभारी हुने हो ? यो हेर्न बाँकी छ
Most Visited News (monthly)