मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ १९ मा पुग्यो रजनीको ‘पटुकी’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/04
नायिका रजनी केसी अभिनीत फिल्म ‘पटुकी’को रिलिज डेट पोस्टपोन्ड भएको छ । पुष २१ गते प्रदर्शनमा आउने कन्फर्म भएको यो फिल्म अब माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक राम नेपालले जानकारी दिए । नयाँ प्रदर्शन मिति सँगै निर्माण टीमले ‘पटुकी’को नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । 
 
 
‘पटुकी’मा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । 
 
फिल्ममा राजन राज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.कको करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ ।