मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राज्जा रानी’लाई प्रिमियरमा तारिफ नै तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2018/01/04
 
फिल्मको प्रिमियर शो राख्नु भनेको कम चुनौतीपूर्ण होइन । किनकी, भनेजस्तो प्रतिक्रिया मिलेन भने फिल्मको व्यापार समेत ध्वस्त हुनसक्छ । यसकारण पनि फिल्मको प्रियिमर गर्न निर्माताले खासै आँट गर्दैनन् । तर, यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’ले भने प्रिमियरमा सोचेजस्तै तारिफ पाएको छ । 
 
तराई क्षेत्रमा व्याप्त दाईजो प्रथा र बुहारीलाई दाइजोकै कारण गरिने अभद्र व्यवहारको कथा बोल्ने यो फिल्मको बुधवार साँझ राजधानीको क्यूज सिनेमा हलमा प्रिमियर राखिएको थियो । चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रिमियरमा एमालेका चर्चित नेता लालबाबु पण्डितसमेत श्रीमतीसँग हल पुगेका थिए । प्रियिमरमा सहभागीले ‘बिषयगत रूपमा मधेस छिर्न सफल फिल्म’ भन्दै ‘राज्जा रानी’को तारिफ गरेका छन् । 
 
फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तुलाई उत्कृष्ट भने । ‘एउटा सरल प्रेमकथामा सन्देशसहित बनेको उत्कृष्ट फिल्म हो’ धेरैबाट प्रतिक्रिया यस्तै मिलेको छ । धेरैले, ठूलो आशा लिएर हलमा नपुगेपनि फिल्म हेरिसकेपछि मन छोएको बताए । फिल्म हेरेपछि चलचित्रकर्मीले दिएको प्रतिक्रियाबाट यसका कलाकारद्धय नाजिर हुसेन र केकी अधिकारी पनि दंग देखिए ।
 
नेता पण्डितले ‘राज्जा रानी’ले समाजमा सन्देश प्रवाह गर्ने बताउँदै भने, ‘खासगरि छोरीमाथी हुने अत्याचार र दाइजो प्रथाको कथा बोलेका कारण फिल्मको प्रस्तुती मलाई साह्रै राम्रो लाग्यो ।’ फिल्म हेरेपछि राम्रो लाग्दा मात्र फिल्मकर्मी र रंग पत्रकारले सामाजिक संजालमा त्यसका बारेमा लेखेको पाइन्छ । फिल्म ‘राज्जा रानी’को बारेमा सामाजिक संजालमा पनि तारिफका शब्दहरु कोरिएका छन् । 
 
 
नायक नाजिरले फिल्ममा 'क्रुर' अभिनय गरेका छन् । आफूलाई भोलीको नेता र पर्सिको मन्त्री सम्झने नाजिरप्रति फिल्म हेर्दै गर्दा घृणा पैदा हुन्छ । फिल्मको ज्यान नै नाजिर हुन भन्दा फरक पर्दैन । केकीले लाचार युवतीको भूमिका निर्वाहा गरेपनि उनको अभिनयले एकपटक सबैको आँसु चुहाउँछ ।
 
अथिती भूमिकामा देखिएकी नायिका रेखा थापाले पनि फिल्ममा तारिफयोग्य काम गरेकी छिन् । फिल्ममा उनको एक आइटम नृत्य पनि छ । सहायक भूमिकामा देखिएका कामेश्वर चौरसिया, दिपक क्षेत्री, संगीता नापित जस्ता कलाकारले पनि आफ्नो भूमिकालाई पूर्णरुपमा न्याय गरेका छन् ।
 
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । यो फिल्म मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ । 
 
फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।