यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । फिल्मलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट दिएको छ । फिल्मको मंगलबार सेन्सर गरिएको हो ।
‘फिर्के’ले गाउँबाट शहर पसेको एक यूवकको कथा बोल्छ । सुलेमान अभिनीत तथा निर्मित यो फिल्मलाई रवि डंगोल 'बेमान'ले निर्देशन गरेका हुन् ।
.jpg)
फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।

