Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/01/03
 
नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । 
 
फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् । फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् । 
 
पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले फिल्मका गीतका स्वर दिएका छन् । फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् । 
 
ट्रेलर :-
Most Visited News (monthly)