.jpg)
दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता स्टारर फिल्म ‘ह्याप्पी डेज’ माघ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । बिग बजेटको यो फिल्मको धेरैजसो छायांकन बेलायतमा गरिएको हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म निर्माण यूनिटले ‘ह्याप्पी डेज’का केही पोष्टरहरु सार्वजनिक गरेको छ ।
सार्वजनिक भएका फिल्मका पोष्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोशिश गरिएको छ । दयाहाङ, प्रियंका, संजय, दीया पुन र विक्की जोशीलाई पोष्टरमा स्थान दिइएको छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारहरुको पनि अभिनय छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् ।
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ ।
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

