Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्फर्म : प्रभासले बलिउडमा इन्ट्री गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/01/03
 
फिल्म ‘बाहुबली’बाट रातारात स्टार बनेका सुपरटार प्रभासले चाँडै बलिउड फिल्ममा काम गर्ने भएका छन् । एविपी मिडियाको खबरअनुसार, प्रभासले करीब तीन वर्ष अगाडि नै एक बलिउड फिल्म साइन गरिसकेका छन् । 
 
आफ्नो अपकमिङ फिल्म ‘साहो’को सुटिङमा व्यस्त प्रभासले हालैमा एक अन्तर्वार्ता दिने क्रममा यो कुराको खुलासा गरेका हुन् । इन्टरभ्यूमा प्रभासले भनेका छन्, ‘करीब ३ वर्ष अगडि मलाई एक बलिउड रोमान्टिक फिल्मको अफर आएको थियो । त्यसबेला नै मैले उक्त फिल्म साइन गरेको थिएँ ।’  
 
प्रभासका अनुसार, ‘साहो’को सुटिङ सकिएपछि उनी उक्त बलिउड फिल्मको काम सुरु गर्नेछन् ।  ‘बाहुबली’ र ‘बाहुबली २’ पछि हिन्दी फिल्मका दर्शक पनि प्रभासका जर्बजस्त फ्यान भएका छन् । अब उनका फ्यान यो रोमान्टिक हिन्दी फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका छन् । 
 
इन्टरभ्यूमा प्रभासले अगाडि भने, ‘म हिन्दी फिल्म धेरै हेर्छु । म हैदराबादमा रहन्छु । हैदराबादमा ६० प्रतिशत व्यक्ति हिन्दी बोल्छन् । बलिउडबाट मलाई राम्रो अफर आएको छ । मलाई स्क्रिप्ट निकै मनपरेका कारण मैले त्यही बेला फिल्म साइन गरेको थिएँ । यो एक लभस्टोरी फिल्म हो ।’ 
Most Visited News (monthly)