Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र पूजाको रोमान्सलाई करोड भ्यूअर्स

फिल्मीखबर, काठमाण्डौ, 2018/01/03
 
युट्युबमा गीत मात्र होइन पछिल्लो समय पूरा फिल्मले पनि करोड भ्यूअर्स पाउन थालेका छन् । यो लिस्टमा सबैभन्दा अगाडि फिल्म 'छक्का पञ्जा'ले आफ्नो नाम दर्ता गराएको थियो । अहिलेको अवस्थामा युट्युबमा फिल्मले करोड 'भ्यू' पाउनुलाई ठूलै मानिन्छ । यो खातामा वर्ष २०७२ को हिट फिल्म 'प्रेमगीत' पनि इन्ट्री भएको छ । 
 
नायिका पूजा शर्मा र नायक प्रदीप खड्का अभिनीत फिल्म 'प्रेमगीत' बक्स अफिसमा असफल भएपनि दर्शकले भने निकै रुचाएका थिए । यो फिल्म पूजा र प्रदीप दुवैका लागि टर्निङ प्वाइन्ट थियो । यही फिल्मबाट अहिले यी दुई 'मास लेभल'का स्टार बनिसकेका छन् । 
 
यो फिल्मको सिक्वेल 'प्रेमगीत २' पनि प्रदर्शनमा आइसकेको छ । जसमा प्रदीप अटे भने पूजा बाहिरिइन् । 'प्रेमगीत'का निर्देशक सुदर्शन थापा हुन् । 
 
यो फिल्मलाई युट्युबमा ४४ हजार लाइक्स मिलेको छ भने ६ हजार बढीले कमेन्ट गरेका छन् । कमेन्टमा अधिकांशले प्रदीप र पूजाको जोडीको नै तारिफ गरेका छन् । सन्तोष सेन निर्मित यो फिल्मका 'म यस्तो गीत गाउँछु', 'मैले सोचेको जस्तै', 'म त अलपत्रै' गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए । 
 

पूरा फिल्म हेर्नुहोस् :-

Most Visited News (monthly)